नान्टुकेटरहरू इनपुट टापु यातायात अध्ययनको लागि आवश्यक छ

न्यान्टकेट डाटा प्ल्याटफर्म तपाईंलाई न्यान्टकेट क्षेत्रीय ट्रान्जिट प्राधिकरण (एनआरटीए) (NRTA)/वेभ (WAVE) सर्वेक्षणमा सहभागिताका लागि आमन्त्रित गर्दछ ! यसले हामीलाई न्यान्टकेटको सार्वजनिक यातायात सेवामा के–के राम्ररी काम गरिरहेका छन् र के कुरामा थप सुधार गर्न सकिन्छ बुझ्न मद्दत गर्नेछ । तपार्इँ न्यान्टकेटमा सार्वजनिक यातायात प्रयोग किन गर्नुहुन्छ वा किन गर्नुहुन्न, कृपया आफ्ना विचारहरु व्यक्त गर्नुहोस् । तपाईँ हाल वेभ (WAVE) को प्रयोग गर्नुहुन्छ वा गर्नुहुन्न हामीलाई बुझ्न अत्यन्तै जरुरी छ ।

wave

FAQ (बारम्बार सोधिने प्रश्नहरु)

(एनआरटीए) (NRTA)/वेभ (WAVE) सर्वेक्षणको सहभागिताका लागि योग्यता के हो?

यस सर्वेक्षणको योग्यताका लागि कम्तिमा उमेर १८ वर्ष र यस टापु क्षेत्रमा कम्तिमा वर्षको ६ हप्ता बसोबास गरेको हुनुपर्दछ । हामी सबै क्षेत्र/वर्गका बासिन्दाहरूलाई यस सर्वेक्षणमा सहभागी हुन प्रोत्साहित गर्दछौँ ।

मैले यस सर्वेक्षणमा भाग लिन किन जरुरी छ?

सार्वजनिक यातायातले कहाँ काम गर्छ र कहाँ यसलाई सुधार गर्न सकिन्छ भन्ने कुरा बुझ्न एनआरटीएलाई मद्दत गर्ने माध्यम हो (एनआरटीए) (NRTA)/वेभ (WAVE) सर्वेक्षण । तपाईँका व्यक्तिगत अनुभवले निकै महत्त्व राख्दछन् । सर्वेक्षणका समग्र परिणाम र विश्लेषणले वर्तमान रुटहरू र रूटहरुको कार्यसमय समुदायका लागि उपयोगी भइरहेको छ छैन भन्ने विषयहरूको विस्तृत जानकारी प्रदान गर्दछ ।

तपाईं यस सर्वेक्षण मार्फत पुरस्कार पनि जित्न सक्नुहुन्छ ! सर्वेक्षण पूरा गर्ने प्रत्येक व्यक्ति स्थानीय व्यवसायमा गिफ्ट कार्डहरू प्राप्त गर्न योग्य छन् । प्रत्येक हप्ता र सर्वेक्षणको अन्तमा पाँच सर्वेक्षण सहभागीहरुले प्रति व्यक्ति २५ डलर गिफ्ट कार्ड जित्नेछन् ।

फेरि अर्को सर्वेक्षण हामीलाई चाहिन्छ र ? टापुका अन्य संगठनहरूले सधैँ निवासीहरुसँग सर्वेक्षण लिई नै रहन्छन् ?

न्यान्टकेटलाई स्थानीय डाटाको अत्यन्तै खाँचो छ र विभिन्न श्रेणीका सरोकारवालाहरूसम्म पुग्ने सुविधाजनक माध्यम नै सर्वेक्षण हो । यस किसिमका सर्वेक्षणले नै प्रतिनिधित्व नभएका वर्गहरुको आवश्यकतालाई अगाडि ल्याउने सुनिश्चितता दिन्छ भन्ने कुरामा हामी विश्वास राख्दछौँ । एनडीपी (NDP) का सर्वेक्षणहरू विधिगत पद्धति, उपलब्ध डाटाहरुको लाभ उठाउन सक्ने क्षमता तथा बहुभाषीय पहुँचको लागि अद्वितीय मानिन्छ् ।

के मेरो डाटा र गोपनीयता सुरक्षित हुन्छ?

डाटा गोपनीयता एनडीपीको लागि अत्यन्तै महत्वपूर्ण छ र हामी तपाईंलाई हाम्रो डाटा गोपनीयता नीति पढ्न आग्रह पनि गर्दछौँ । एनडीपी (NDP) ले तपाईंका सर्वेक्षण प्रतिक्रियाहरूको गोपनीयता सुनिश्चित गर्न यस क्षेत्रको सर्वोत्तम विधिहरु प्रयोगमा ल्याएको छ । Data Privacy Policy.


 

Want to Make Your Opinions Known
Throughout the Year?

The Community Survey Panel is a trusted avenue for sharing insights on important community
topics in a private and anonymous way.  By signing up, you will be invited to participate
in surveys from time to time.